Posts

ऐँठन - युद्ध को दस्तावेज

विवेक ओझाद्वारा रचित मदत पुरस्कार बाट समेत पुरस्कृत भइसकेको कृति ऐँठन मैले सुरु गरेको केही दिनमा नै सकेको छु। ऐँठन ले माओवादी १० वर्षे जनयुद्ध को पृष्ठभूमिमा रहेर बबन कुमार लाई मुख्य पात्र बनाई उपन्यास को कथालाई मूर्त रूप प्रदान गरेको छ। लेखकले उपन्यास लेख्दा निकै सुक्ष्म रूपमा विभिन्न घटना परिघटनालाई अध्ययन गरेको कृति पढ्दै गर्दा स्पष्ट रूपमा झलकिन्छ। ऐँठन ले साँच्चै तवरले ऐँठन गएको जस्तो महसुस गराउँदछ।  माओवादी द्धन्द कालमा तत्कालीन विद्रोही पक्ष जनमुक्ति सेना र सत्ता पक्षिय शाही नेपाली सेनाको तर्फ बाट सोझासाझा जनमानसमा पर्न गएको बर्बरता , हेपाई र पिल्साई लाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। मुख्य पात्र स्वयम एक शिक्षक रहेका हुन्छन। शिक्षक भएको भन्दैमा उनको परिवारलाई एकै पटकमा विध्वंस पारिन्छ त्यसपश्चात् उनलाई मानसिक, शारीरिक यातना दिइन्छ। त्यति मात्र होइन सेनाबाट खेप्नु परेको अकल्पनीय पीडा र तिरस्कार लाई समेटेको छ। नेपाली वाङ्मयमा माओवादी जनयुद्ध लाई उदगम बिन्दु बनाई धेरै कृति प्रकाशित भएका छन्। ति कृतिले  द्धन्दकाल ले सिर्जना गरेका विभिन्न पक्षलाई  खोतलेको छ तर जुन र...

गजल

गजल उड्न थाले चङ्गै चङ्गा, हर्षोल्लासको मौसम आयो बग्न थाले उत्साहका गङ्गा, हर्षोल्लासको मौसम आयो बन्द हुन थाले महिनौं का लागि स्कूल कार्यालय बिस्तारै रम्न थाले केटाकेटी, हर्षोल्लासको मौसम आयो जमघट बढ्न थाले इष्टमित्र परिवारजन बीचमा घुमघामहरु हुन थाले ,हर्षोल्लासको मौसम आयो बढ्न थाले बजारमा मानिसका लहरै लहर हरु किनमेल हरू हुन थाले, हर्षोल्लासको मौसम आयो फर्किन थाले सुस्त सुस्त परदेशिएका लाहुरेहरु दसैं - तिहार सुरु हुन थाले ,हर्षोल्लासको मौसम आयो

मैले जे देखेँ

नामै नभएको, रातो कालो, दुब्लो, र्याल काढ्दै गरेको, कानमा घाउ, छालामा विभिन्न मिश्रण ले  स्पर्श गरेको, शरीर भरी गहिरा डोबहरू, अनुहारमा हेर्दा खाना को खोजीमा, रोशनी हराएको, आवाज कस्तो भने वेदना को गीत सुनाए जस्तो, आशातित भावनामा सम्मोहित हुन खोज्ने, तर उसलाई सबले हेप्ने, छि छि , दूर दूर, भाग् ! उसै समय, उसै अवस्था, उसै मोड, उसै गति, उसै भीड, उसै दौडधुप, नाम टमी, सेतो न सेतो हिउँ जस्तै, मोटो कद, सफा मुख, खानाले टम्म, भर्खर नुहाए जस्तो, जोसिलो, उफ्री रहने, हेर्दा  सिंगारेको जस्तो, आवाज निकाल्ने रमाएको जस्तो, सबैको प्यारो, बुढा देखि बच्चा सम्म, समात्न खोज्ने, बोलाउन खोज्ने, केही पर नाम नभएको ले , टुक्रुक्क परेर, टुलुटुलु हेरिरहेको, अहो दृश्य

कठोर मानिस होइन; समाज हो

 मानिस दुःख हुन लाई केही कारण पनि हुन सक्छन्। ऊ वरिपरिको स्थिति हेरेर दुखी हुन सक्छ, आफ्नै अवस्था देखेर दुखी बन्न सक्छ , कुनै सिने चलचित्र देखेर आफैलाई दुखी बनाउन सक्छ। हिउँ पग्ले जस्तै दुई दिनको जीवन कटाउन आएका मानव जातिको मन स्थिति आफ्नो हातमा आई हाल्यो भने जस्तो सुकै कुरा अगि सारेर पग्लिने रहेछन्। कहिले काँही त कुनै हुँदै नहुने असम्भव कुरालाई कल्पना गर्दै दुखी हुने प्रवृति पनि बडो अचम्मको छ।  यस्तै पग्लिने को माझमा चट्टान झै अडिग रहने अर्थात् कठोर हृदय भएका वा कट्टर स्वभाव अलिकति पनि नपग्लिने मानिसको पनि कमी छैन। मलाई आज प्रश्न उब्जियो कठोर मानिस किन भयो त?  कस्तो मानिस कठोर त्यसोभा व्यक्तिपिच्छे फरक पर्न सक्छ । यसको सामान्य परिभाषा आकलन गर्ने हो भने आम मानिसभन्दा फरक व्यवहार र सोच्ने शैली भएको अथवा हाम्रो संस्कृति / समाजले परिभाषित गरे भन्दा पृथक नकारात्मकता जीवनशैली अपनाएको व्याक्ती नै कठोर मानिस भित्र पर्न सक्छन्। कोही मानिस कठोर कै रुपमा जन्मिएका हुन्छ्न तर कोही चाहिँ परिस्थिति र पृष्ठभूमिले हुने गर्दछन्। मानिसलाई कठोर जाती चाहिँ मेरो सिद्धान्तले झट्ट स्वीकार्दैन। ...

वा वा

 बनाउनेछु म पागल लाई  महापागल मेरो कला देखेर भन्नेछौं तिमीले वा वा ! हाम्रो माया किन विशेष  के गर्न सक्छौ मेरो लागि भनी उठायौं भने तिमीले प्रश्न  देखाइदिनेछु त्यो जुन  लाई तिम्रो सामु ल्याएर ताली बजाई भन्नेछौ तिमीले वा वा !  विश्वास छैन मलाई तिम्रो भनी शंका मात्र राख्यौं तिमीले भने गर्दिनेछु आविष्कार विश्वास जाँच गर्ने मेसिनको मुसुक्क मुसुक्कुराइकन भन्नेँछौ तिमीले वा वा !  प्रियसी पृथ्वी ध्वस्त हुन सक्ला तर मेरो तिमी प्रति माया अँह असम्भव बनिदिनेछु गुण्डा आँच ल्याउने प्रयास गर्नेलाई भो छोडिदेऊ भन्दै भन्नेछौं तिमीले वा वा ! काल्पनिक हुनेछन् मेरा यी कुरा हरु तर हामी बीचको सामिप्यता होइन गर्दिनेछु गफ  यस्तै यस्तै तिमीलाई भुलाउनलाई चुप गफाडी भन्दै भन्नेछौं तिमीले वा वा !

दुई मुक्तक

उज्यालो पछाडि अन्धकारको ठूलो कथा हुन्छ सङ्घर्ष पछाडि अभावको ठूलो कथा हुन्छ  लुकेका हुन्छन् निकै दृश्य परिदृश्य हरू यहाँ उपकार पछाडि अहङ्कारको ठूलो कथा हुन्छ नगर् जिद्दी मलाई आमाले भन्नुभएकै हो  दुख पाउलास् मलाई आमाले भन्नुभएकै हो  साथ दिने पलभरमै बिलाएर जानेछन् अनि  रुनेछस् एक्लै मलाई आमाले भन्नुभएकै हो

म भने उस्तै !

साल फेरियो म भने उस्तै ! देशको अवस्था बदलियो म भने उस्तै ! कयौं को जीवन फेरियो म भने उस्तै ! हात दिनेहरू  साथ छोडेर गए म भने उस्तै ! हाँस्ने हरु हाँस्न छोडे म भने उस्तै ! धर्तीको बोझ संज्ञा पाएका आकाश छुन थाले म भने उस्तै ! बाहिरको म फेरिए तर भित्रको  म भने उस्तै ! मप्रतिको विचार धेरैको बदलियो म भने उस्तै ! परिवारको आशा म प्रति झन बढेर गयो म भने उस्तै ! ऊ जस्तै बन फलानो बाट सिक धेरै सुनियो म भने उस्तै ! कथा सुनियो देखियो व्यथा दुःख सुखका म भने उस्तै ! आफैँ देखि मेरो नजर बद्लियो म भने उस्तै ! जिद्दी नराम्रो छुच्चो के के कहलिए म भने उस्तै ! आहा भन्नेहरु छि भन्न सुरु गरे म भने उस्तै ! दिन बिते रात बिते म भने उस्तै ! समयले गिज्जायो म भने उस्तै ! उस्तै उस्तै हजुर म भने उस्तै !